वीरगंज | वीरगंज महानगरपालिका स्थित रहेको वीरगंज पब्लिक कलेजका निर्देशक डा. दीपक शाक्यको आँखा अब नेशनल ट्रेडिङको जग्गामा परेको छ।
डा. शाक्यले सम्झौता भएदेखि प्रयोग गर्दै आएको बाल संगठनको जग्गाको भाडा वापतको करोडौं रकम अझै तिरेका छैनन् ।
तै पनि मधेश विश्वविद्यालयको कार्यालय सञ्चालनका लागि वीरगञ्जको श्रीपुरमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको भवन डा शाक्यले भाडामा पाउने भएका छन् । एक त पहिला लिएको जग्गा वापतको भाडा अहिले सम्म चुक्ता गरेका छैनन फेरि पनि अर्को जग्गा दिनुको मतलब ठूलो चलखेल रहेको स्थानियहरु बताउँछन्।
नेशनल ट्रेडिङको भवन पाँच वर्षको लागि भाडामा दिएको र सो अवधिमा विश्वविद्यालयको आफ्नै भौतिक संरचना खडा गर्ने गरी काम गरिने सम्झौता भएको छ । साथै चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० करोड बजेट पनि छुट्टाएको छ ।
वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कट्ठा जग्गाको भाडा वापतको रकम ११ वर्षदेखि नतिरी अझै पनि संगठनलाई दुःख दिईरहेका डा. शाक्यलाई फेरि कुन हिसाबले नेशनल ट्रेडिङका जग्गा दिएको हो भने स्थानियहरुमा चर्चा परिचर्चाको कुरा बनेको छ ।
डा. शाक्यको नियत हेर्ने हो भने यो कुराले प्रष्ट पारेको छ ।तत्कालीन समयमा संगठनको सदस्य रहेका डा. शाक्यले व्यक्तिगत फाइदा लिन आफ्नै छोराको नाममा १२ कठ्ठा जग्गा बहालमा लिइ आफैं साक्षी बसेर संगठनकै विधानको बर्खिलाप गरेको बाल संगठन पर्साका निवर्तमान सभापति रामकिशोर सिंह पराग आएपछि मात्र खुलासा भएको थियो ।