पर्सा । पर्सागढि नगरपालिका वार्ड नं ३ टोल पकडिया बढनिहारमा कृष्ण जन्म अष्टमीको उपलक्ष्यमा तीन दिनको लागि लगाईएको मेलामा आज अन्तिम दिन मेलामा व्यावसायी र मेला समिति संग झडप भएको छ । मेला समितिले मेलाको नाममा एक हाथ जगाएको मुल्य एक हजार दुई सय तोकी माग्न लागेको बिषयमा बहुदरमाई नगरपालिकाको मिठाई पसल वाला र मेला समितिसँग झडप भएको छ । यो ठाउँमा कृष्ण अष्टमीको नाउमा धेरै दिन देखी मेला लाग्दै आएको छ र यहा मेलाको नाउमा ब्यपारीहरु संग पैसा उठाउने मेला समितिहरुले गर्दछन । त्यो पैसा समितिले पछि आफैमा खर्च गर्छन् र मेलाको स्वयम सेवक , कुस्ती खेलाडीमा खर्च भएको भन्दै प्रत्येक बर्ष लाखौं रुपैयाँको हिनामिना गर्छन् । साथै मेला उदघाटन गराउने बहानामा नेताहरु संग पनि लाखौं रुपैयाँ लीने गर्दछन।मेलाको नाउमा पैसा उठाउने कार्य बारे प्रहरी चौकि बढनिहार संग बुझदा आफु लई जनकारी नरहेको बताउँछन् ।