वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर होस्पिटलका जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा.आशिफ अंसारी विरुद्ध वीरगञ्जमा प्रदर्शन भएको छ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेरङ्गाहा निवासी ३२ वर्षिय फिरोज मियाँ अंसारीको पित्तथैलीमा रहेको पथ्थरीको शल्यक्रिया गर्दा मृत्यु भएपछि मृतकका आफन्तले वीरगञ्जमा डाक्टर डा.आशिफ अंसारीलाई कारवाही गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । फिरोजलाई पथरीको उपचारका लागि गत साउन २६ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।


फिरोजको डा.अंसारीले गरेको पहिलो शल्यक्रियाबाट अत्यधिक रक्तश्राव भएर असफल भयो । त्यसपछि फेरी दोश्रो पटक शल्यक्रिया गर्दा फिरोजको शरीरमा संक्रमण देखा परेर अवस्था जटिल बन्दै गएपछि काठमान्डौंको मेडिसिटी अस्पतलामा रेफर गरिएको थियो । त्यहि उनको उपचारको क्रममा मृत्यु भएको थियो । अंसारीको मृत्यु पश्चात पीडितले न्यायको माग र दोषी डा.अंसारी तथा अस्पताल प्रशासनलाई कानुनी दायरामा ल्याउन माग गर्दै लगातार आन्दोलन गर्दै आईरहेका छन् । प्रदर्शनको समर्थन गर्दै नेपाली कागे्रसका युवा नेता नविन सिंहले चिकित्सक संघको नाममा झोले डाक्टरहरुलाई संरक्षण गर्ने काम नर्गन चेतावनी दिए । पीडितलाई न्याय र दोषीलाई सजाय नभए आन्दोलन झन चर्किने बताए । बिरमीको ज्यान जोखिममा राखेका डाक्टरलाई संरक्षण गर्न खोज्ने चिकित्सक संघका पदाधिकारीहरुलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् ।