वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले आउँदो संघीय निर्वाचनमा प्रत्यक्ष तर्फबाट बसुरुद्दिन अन्सारी, जुनेद अन्सारी, इस्लाम हवारीको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने समानुपातिक तर्फबाट प्रभु हजरा, निर्मला देवकोटा, विश्वम्भर राम, बाबुराम कौशिक, श्याम बन्जारा, उर्मिला शर्मा, रम्जु कुमाल, इन्दु घिमिरे, केसी लामिछाने, मेघराज पासवान बिन्दु श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ ती नाममा आवश्यक परामर्श पछि अन्य समावेस समेत हुन सक्ने निर्णय समेत गरेको छ। बैठकमा एमालेका नेताहरु, प्रभु हमरा विश्वम्भर कुमार शर्मा, विचार यादव नवराज शर्मा, शम्भु गुप्ता, तानुदिन अन्सारी लगायतको सहभागिता रहेको थियो। बैठक क्षेत्रीय समन्वय कमिटीका संयोजक लालबाबु शेखको अध्यक्षता र सचिव मंजूर अन्सारीको सञ्चालनमा सम्पन्न भएको थियो ।