वीरगन्ज : पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा पार्किङ्गका लागि उचित स्थान नहुदा मुख्य बजारका सडकमा जथाभावी ई रिक्शा लगायत सवारी साधान पार्किङ हुने गरेका छन । अस्त–व्यस्त पार्किङ्गले बजार निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । नेपाल कै प्रमुख आर्थिक नगरीका रुपमा चिनिएका र पर्सा जिल्लाका प्रमुख शहरको रुपमा रहेको विरगंज महानगरपालिकाको ठाँउ ठाँउमा अझैपनि व्यवस्थीत पार्किङ्ग छैन ।
वीरगन्ज महानगरपालिकाको घण्टाघर देखि पूर्वपटी रेलवे रोड र घण्टाघर उत्तर पटी बीच सडकमा जथाभावि ई रिक्शा पार्किङ्गले बाटो नै अवरूद्ध हुने गरेका छन् । ई रिक्शा चालकहरुले बाटो मै ई रिक्शा पार्किङ्ग गरी ग्राहक कुर्ने गरेका छन् । त्यही घण्टाघर नजिक रहेको ट्राफिक प्रहरी बिट र जनपत प्रहरी बिट मौन बस्ने गरेका छन् । प्रहरी बिट अगाडी अव्यस्थित पार्किङ्गले बाटो अवरुद्ध हुन्छ तर प्रहरीहरु मुकदर्शक भएर देख्छन् ।
अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङ्गस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । अहिले पार्किङ्ग वीरगन्ज महानगरपालिकाको मुख्य चुनौती बन्दै गएको छ । अहिले पार्किङ्ग समस्याले बाटो हिडने बटुवा देखि वीरगन्ज छिर्ने सवारी साधनहरुलाई समेत समस्या र सास्तीमा पर्दै आएको छ ।
स्थानीय तहको चुनावको समयमा निकै उठाइएको स्मार्ट सिटी सपना वीरगन्ज महानगरपालिकामा पार्किङ्गका कारण चुनौती समेत बन्दै गएको छ । अव्यवस्थित पार्किङ्गले अहिले बजारको सुन्दरतामा नै ह्रास आएको छ । बजारमा व्यवस्थीत पार्किङ्गका लागि गन्न सकिने ठाँउ मात्र छ । तर त्यस ठाँउमा पनि पार्किङ्ग व्यवस्थित भएको देखिदैन ।
यो समस्या समाधान गर्न लागि त्यति चासो दिएको देखिएको छैन । वीरगञ्ज क्षेत्रमा बढिरहेका सवारी साधनहरुलाई व्यवस्थित गर्न सम्वन्धित निकाय मौन बसेका छन ।
अव्यवस्थित सवारी साधन र पार्किङ्गको कुरामा विरगंज महानगरपालिका र ट्राफिक प्रहरी त्यति गम्भीर पनि देखिदैन । बढ्दो सवारी साधनको चापले निम्त्याउने सवारी दुर्घटनालाई कम गर्न सम्वन्धित वीरगञ्ज महानगरपालिका र ट्राफिक प्रहरीको विशेष भूमिका आवश्यक छ । अब्यवस्तिथत पार्किङ्गले सवारी दुर्घटना बढने मात्रै हैन सडक पेटिमा हिडडुल गर्ने अधिकांस व्यक्तिहरुलाई सास्ती छ । व्यस्त सडकका छेउमा पार्किङ्ग गरीएका सवारी साधनको मारमा दिन प्रतिदिन जनता परिरहेका छन ।
महानगरपालिकाले प्रभावकारी रुपमा सवारी साधन पार्किङ्गको व्यवस्था नगर्दा आफुहरुले सडक पेटिको छेउमा पार्किङ गर्न बाध्य भएको सवारी चालकहरुको भनाई छ । वीरगंजमा जथाभावि रुपमा पार्किङ्ग गरेका ई रिक्शा लगायत सवारी साधनका कारणले आफुहरुलाई सडकमा आवतजावतमा समस्या हुने गरेको एक जना बटुवाले बताए । सडकमा हिडंदा ई रिक्शाको बिचबाट हिडनु पर्ने बाध्यताले हैरान पारेको सुनाए । दिन प्रति दिन बढ्दो सवारी साधनको चापले आफुहरु दुर्घटनामा परिने होकि भन्ने सोच बेलाबेलामा आउने गरेको उनीहरुको गुनासो छ ।
अव्यवस्थीत पार्किङ्गका कारण आवात–जावात गर्ने पैदलयात्रुलाई समेत समस्या बनाएको छ । त्यस्तै सडकमा गुड्ने सवारी साधनलाई समेत अवरोध सृजना हुने गरको छ । जथाभावि गरिएको ई रिक्शा पार्किङ्ग बापत जिल्ला ट्राफिक कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाले दैनिक नजराना बुझ्दै गरेको एक जना ई रिक्सा चालकले बताएका छन ।