बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा आज मेला समिति गठन भएको छ । हरेक वर्ष झै यस वर्ष पनि असोज १५ गते शनिबारका दिन महावीरी झण्डा लाग्न गइरहेको र सोको लागि श्यामबाबु (लोहा सिंह) पटेलको अध्यक्षतामा ९ सदस्यीय मेला समिति गठन गरिएको हो । जसको सचिवमा अखिल पटेल, कोष अध्यक्षमा सागर (लालू) पटेल, सदस्यहरुमा दिनेश पटेल, सन्दिप पटेल, रामकुमार पटेल, जटाशंकर पटेल, सुजीत पटेल, सनी साह लगायत सदस्यहरू रहेका छन । मेलामा ठकरा, ढोल तासा,खेल तमासा, झाक्री, देश विदेशका पहलवानहरुबिच लडाई, नाच लगायतका मनोरन्जनात्मक सामग्रीहरूको व्यवस्था मिलाइने समितिका अध्यक्ष श्यामबाबु पटेलले बताए । यस पालिको मेला विगतको भन्दा फरक तरिकाले गर्ने र टोलका जेष्ठ नागरिकलाई सम्मान समेत गर्ने समितिका सचिव अखिल पटेलले जानकरी दिए । आजको बैठक वडा नं ५ का वडा अध्यक्ष रामेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने बैठकमा वडा सदस्य दारा सिंह पटेल, रामेश्वर पटेल, भोला पटेल, लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।