राष्ट्रिय प्रजातन्त्र पार्टी को भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनको जिल्ला अध्यक्ष पदमा राजाबाबु प्रसाद चौरसिया निर्बिरोध निर्वाचित भएका छन्।
वीरगंज स्थित सोल्टी गार्डेन एण्ड पार्टी प्यालेस बसपार्क मा भएको जिल्ला अधिवेशन बाट राजाबाबु प्रसाद चौरसिया निर्बिरोध निर्वाचित भएका छन्।
जिल्ला अधिवेशन पुर्ब प्रहरी परिषद् का केन्द्रिय अध्यक्ष कृष्ण बहादुर थापा तथा उत्पिडित तथा दलित संगठन का केन्द्रिय अध्यक्ष अमर आर्या को प्रमुख अतिथि तथा जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि पार्टी का केन्द्रिय सदस्य अंगद ठाकुर को उपस्थिति रहेको थियो।
निर्वाचित सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु लाइ प्रमुख अतिथि तथा पार्टी का जिल्ला अध्यक्ष ले दोसाला ओढाइ फुलमाल टिका लगाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।