वीरगंज । पर्सा प्रहरीले वित्तिय अपराध नियन्त्रण गर्नको लागि स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित हुण्डी कारोबार गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले बिशेष सुचनाको अाधारमा जिल्ला प्रहरी कार्यालयका क्राईम ब्रान्चका प्रमुख एवम प्रहरी निरीक्षक प्रज्जवल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगंजको शंकराचार्य गेट स्थित सडक खण्डमा भारतको रक्सौलवाट वीरगंज तर्फ अाउदै गरेको ना २८ प २८९० को मोटरसाइकललाई रुकी चेकजाँच गर्दा सिटमुनीमा तथा ट्याङ्कीमा लुकाई छुपाई राखेको स्रोत नखुलेको ७ लाख सहित एकजनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रब्क्ता एवम प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
प्रहरीको अनुसार पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्षा ५०को हरिनारायण प्रसाद कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अवैध वित्तिय कारोबार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।