वीरगञ्ज । वीरगञ्जको बसपार्क नजिकबाट चोरी भएको यात्रुवाहक बस आज भेटिएको छ । बसपार्क नजिक भिषवा चोकमा पार्किङ गरेर राखेको निजी ना ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको थिए ।
एक दिन पछि पर्साको छीपहरमाई गाउँपालिकाको वडा नं ५ भिष्वा स्तिथबाट यात्रुवाहक बस भेटिएको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक नरेश शाहीले बताए ।
आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको थियो निवेदन परेको २४ घण्टा भित्र पर्सा प्रहरीले बस खोजेको छ । बससंगै प्रहरीले बसको खलासिला पनि नियन्त्रण लिएको छ ।