

सामाजिक संस्था "परिवर्तन नेपाल फाउन्डेसन" र वडा प्रहरी कार्यालय , विर्ता द्वारा लागू औषधी, अपराध नियन्त्रण तथा सामाजिक सञ्जाल नियन्त्रण बारे सचेतना कार्यक्रम आज आयोजना गरेको थियो। विभिन्न संस्थाहरूमा अध्यनरत गर्ने युवा पिढी विद्यार्थीहरुलाई आजको कार्यक्रममा सहभागी गराइएको थियो । समाजको विकृति हुनुको कारण नै आजको नौजवान युवा तथा युवतिहरु लागू औषधी सेवन गर्नु हो । आजको युगमा लगभग लाखौं युवा युवतिहरु यस्ता नसालु पदार्थ हरुको सेवन गर्नमा लागेका छन् । युवा भनेको देशको कर्णधार हुन ,घरको उज्यालो हुन ,आमा बुवाको सपना हुन त्यसैले युवाहरु बाट नै समाज देखि राष्ट्र सम्म र राष्ट्र देखि देश सम्म सकारात्मक परिवर्तन हुन्छ सो का निम्ति यस्ता कुलत बाट आफू सुरक्षित बसी अरूलाई पनि सुरक्षित राख्नु पर्छ भने कुरा आजको यस कार्यक्रमको प्रशिक्षक वीरगन्ज महानगरपालिकाको वडा प्रहरी कार्यालय - विर्ताका प्रहरी निरीक्षक श्री विशाल मल्ल द्वारा राखिएको थियो। उनले कयौ भिडियो हरु प्रस्तुत गरी संक्षिप्तमा व्याख्या गरी यस कार्यक्रमलाई ऊर्जावान , नाश मुक्त को नारा सहित निकै प्रभाओसाली र लाभदायक बनाउनु भएको थियो । सोही कार्यक्रममा हेरिटेज +२ माध्यमिक, इम्पेरियल कलेज , मेरिगोल्ड+२ , शिक्षा इन्स्टिच्युट अफ म्यानेजमेन्ट का विद्यार्थीहरूको उपस्थिति रहेको थियो साथ साथै विभिन्न संस्था का शिक्षक,शिक्षिका,समाजसेवी युवा हरुको पनि उपस्थिति रहेको थियो।