वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित सूर्याेदय माविमा दन्त शिविर सम्पन्न भएको छ । द आई केयर एण्ड रिफरेक्टीभ सेन्टरको सहकार्यमा क्रियाशिल युवा पत्रकार मञ्च नेपालको आयोजनामा शिविर सम्पन्न भएको हो ।
मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा भएको शिविरमा विद्यालयमा अध्ययनरत करिब १ सय ५० जना विद्यार्थीहरुको दाँत चेकजाँच गरिएको मञ्चका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिनु भयो ।
दन्त चिकित्सक बन्दना ठाकुर र भावना झाले विद्यार्थीहरुको दाँच चेकजाँ गरेका थिए । दाँत परीक्षण सँगै नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत १ सय ५० जना विद्यार्थीहरुलाई निःशूल्क रुपमा ब्रश र पेस्ट पनि वितरण गरिएको विद्यालयका शिक्षक अरुण साहले जानकारी दिनु भयो ।
विद्यार्थीहरुको दाँत सम्बन्धी स्वास्थ्यका बारेमा सचेतना जगाउनका लागि विद्यालयमा दन्त शिविर आयोजना गरेकोमा प्रधानाध्यापिका शीखा यादवले खुशी व्यक्त गरिन् ।
शिविरमा क्रियाशिल युवा पत्रकार मञ्चका कोषाध्यक्ष उपेन्द्र बरै, सदस्यहरु सुनिल ओझा, ओमप्रकाश सर्राफ, कन्हैयालाल वर्णवाल, दिपेश ठाकुर, मुकेश यादव लगायतको उपस्थिती रहेको मञ्चका सचिव अरविन्द पटेलले जानकारी दिनु भयो ।