पकहामैनपुर । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकामा आज एक कार्यक्रम बीच नेकपा एमालेको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ ।
गाउँपालिका कमिटीका अध्यक्ष अकलेश शाहको अध्यक्षता तथा केन्द्रिय सदस्य राजकुमार गुप्ता प्रमुख अतिथि र जिल्ला अध्यक्ष जयप्रकाश थारुको विशिष्ट अतिथिमा भएको कार्यक्रमले विजय चौरसियाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा गरेकोमा निर्वाचनको मिति घोषणा भएसँगै नेकपा एमालेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
उक्त कार्यक्रमको बीचमा नेपाली कांग्रेस पार्टी परित्याग गरी १५० जनाले नेकपा एमालेका प्रवेश गरेको निर्वाचन परिचालन कमिटीका अध्यक्ष विजय चौरसियाले बताए । नव प्रबेशीहरुलाई केन्द्रिय सदस्य गुप्ताले अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
नेपाली कांग्रेस गरिबको पार्टी नभई मात्र धनिको पार्टी भएको बताउँदै हामीहरू नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको नव प्रवेशिको भनाइ रहेको थियो ।
उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , जिल्ला सदस्य तथा गाउँपालिका इन्चार्ज विकास पाण्डे , नेता शिव पटेल , दीनानाथ साह , धामु शर्मा लगायतको उपस्थिति रहेको थियो।