बिन्दबासिनी । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले आज एक सूचना जारी गर्दै ३५ दिन भित्र अतिक्रमण भएको सार्वजनिक छोड्न आग्रह गरेका छन् ।
गाउँपालिका अध्यक्ष तिवारीले सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सर्वजनिक जग्गा ( पर्ती, गौचर, मठ मन्दिर, विद्यालय, पोखरी, स्वास्थ्य संस्था आदि) को जग्गा अतिक्रमण गरेको व्यक्तिहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र सार्वजनिक जग्गाबाट आफ्नो घर, टहरा, वाली आदि हटाउनका लागि जानकारी गराउँदै यदि ३५ दिन भित्र अतिक्रमण नहताए गाउँपालिकाको नियमानुसार कारवाहि गरी अतिक्रम भएको जग्गा छुट्याइने बताए ।
सूचना जारी भएको ३५ दिन पछि नाप नक्सा गरी अतिक्रमण भएको जग्गा गाउँपालिकाको कर्मचारी र एक्सावेटरको सहयोगले छुट्याइने जानकारी गराउनु भयो ।