बिन्दबासिनी । बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले वर्षाले खराब भई विर्गिएको बाटो मर्मत गराउन आफै लागि परेका छन् ।
गाउँपालिका अध्यक्ष तिवारीले आज वर्षाका कारण तिलावे फूल देखि पकहा मैनपुर जाने बाटोको प्रसौनी भाठा नजिक रहेको गाद नदीको पुल वारी पारी खराब भएको बाटो मर्मत गराएका छन् ।
गाउँपालिका अध्यक्ष तिवारीले खराब भएको बाटोमा गाउँपालिकाको एक्सावेटर र ट्रकाटरमा ग्रेवल लोड गरी आफनै उपस्थितिमा लगी मर्मत गराउन भएको छ ।