पर्सा । क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले वीरगन्जमा प्रदर्शन गरेका छन् ।
खेलकुद प्रेमी सागर लामाको नेतृत्वमा रहेका युवाहरुले विभिन्न नाराहरू लेखिएको पम्पलेट सहित बिरोध प्रदर्शन गरेका छन। युवाहरुले सन्दिपलाई फसाउन पाईदैन भन्दै घण्टाघरमा शुक्रबार दिउँसा प्रदर्शन गरेका हुन् ।
उनिहरुले प्रहरीमा परेको जाहेरीको सत्यतथ्य अनुसन्धान गर्न माग पनि गरेका छन् । बलात्कार आरोपित लामिछानेलाई फसाउन खोजिएको र उनको चरित्र हत्या गर्न खोजिएको युवाहरुको आरोप छ ।
अन्तराष्ट्रियस्तरमा नै देशको नाम उच्च बनाउने खेलाडीलाई फसाउन खोजिएको भन्दै सन्दिपका समर्थकहरुले सन्दिपले न्याय पाउनुपर्ने बताएका छन् ।
युवाहरुले ‘सन्दिप दोषी हो भने निर्मला पन्तको दोषी को ?’ नाबालिक भनिएकी पीडितलाई सार्वजनिक गर, सीसीटीभी फुटेज सार्वजनिक गर लगायत लेखिएका प्लेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरेका हुन् ।
उनिहरुले कसैको चरित्र हत्या गर्न मिल्दैन, महिला मुखी अधिकार कानुन हुदैन पुरुष लाइ दमन गर्न पाउदैन, घटनाको सत्यतथ्य छानबिन गर, गैरजिम्मेवारी अनुसन्धान गर्न पाउदैन, सत्यतथ्य घटनाको छानबिन गर्न माग समेत गरेका छन ।