वीरगन्ज । नेपाली कांग्रेस पार्टी पर्साका जिल्ला सह सचिव नवीन सिंह माथि निवेदन दर्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनु भयो ।
नेता सिंह माथि परेको जाहेरीलाई निवेदन बनाई दर्ता गरिएको र उहाँलाई कार्यालयमा उपस्थित गराई सोधपुछ गरिने यदि सोधपुछ गरी अनुसन्धान गरिने यदि अनुसन्धानबाट दोषी देखिएमा मुदा चलाईने प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गिरीले बताउनु भयो ।
जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आशिफ अंसारीको विरुद्धमा हिंसात्मक आन्दोलन गरेको तथा डा. अन्सारीलाई ज्यानले मार्ने धम्की दिएको विरुद्धमा नेपाल चिकित्सक संघ पर्साले जाहेरी दरखास्त दिएको थियो ।
नेपाली कांग्रेस पार्टी पर्साका जिल्ला सह सचिव सिंहलाई पर्सा प्रहरीले उन्मुक्ति दिएको आरोप लागेको छ । पर्सा प्रहरीले जाहेरी लिएकाे यति दिन बिती सक्दा पनि अनुसंधान नगरेको समेत आरोप लागेको छ । पर्सा प्रहरी कै मिलोमतोमा नेता उन्मुक्ति पाएका छन् भने प्रहरीले केही नगरेको नेपाल चिकित्सक संघ पर्साले जनाएको छ ।
नेता सिंहलाई छिट्टै जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराई अनुसंधान गरिने पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गिरीले बताउनु भयो ।नेपाल चिकित्सक संघ पर्साले नेपाली कांग्रेस पार्टी पर्साका जिल्ला सह सचिव सिंहको विरुद्धमा निवेदन दर्ता गराए पछि नेता सिंह वीरगन्जबाट फरार भएको बताइए पनि उनी लुकी छिपी वीरगन्ज मै बस्दै आएका छन् ।
डा.अन्सारीको ज्यान मार्ने धम्की दिएका नेपाली कांग्रेसका पर्साका जिल्ला सह सचिव सिंह माथि नेपाल चिकित्सक संघ पर्साले जिल्ला प्रसाशन कार्यालय पर्सा मातहत ज्ञापन पत्र बुझाई जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराए थियो ।पर्सा प्रहरीको आवश्यक कार्यवाहिबाट बच्नको लागी उनी वीरगंजबाट अन्त्त तर्फ प्रस्थान गरेको बताइन्छ तर उनी यतै लुकी छिपी बस्दै आएका छन् ।
यस विषयमा नेता सिंह सँग बुझन खोज्दा म माथि कुनै किसिमको मुदा दर्ता नभएको बताउनु भयो , साथै उहाँले बताए अनुसार `म माथि कुनै किसिमको मुदा दर्ता भएको छैन । म दिन भरी वीरगन्ज मै बस्छु यदि मुदा दर्ता भएको भए म लाई जिल्ला प्रहरी कार्यालय पर्सा यसरी छुट दिन् मिल्थ्यो र ? भने उहाँले बताउनु भयो । साथै यस्तो घटना संलग्नलाई कारबाहीको माँग गर्दा मुदा चलाईयो भने भोलि अवस्था झन् खराब हुनेछ र हामी भोलि देखि आन्दोलनमा उत्रिने बताउनु भयो। गरिबको उपचारमा बारम्बार अप्रेशन गरी अवस्था खराब बनाई रेफर गरी आफ्नो संलग्नता हटाउन खोज्न मिल्दैन । हामीलाई न्याय चाहियो म न्यायको लागि आन्दोलन गर्या हो यस्तो काममा पनि मुदा चलाईयो भने भोलि आम नागरिकको सिधै हत्या हुन्छ कोई पनि बोल्न आउँदैन । त्यसैले हामी न्यायको पक्षमा उभिएका छौं हामीलाई न्याय चाहियो र यो मुदा कुरा हावादारी हो यो हावादारी कुरा गरेर मेरो चरित्र हत्या गर्ने खोजिएको छ । म माथि कुनै जाहेरी दर्ता भएको छैन ।