वीरगन्ज । चाडपर्व नजिकिदै लाग्दा पर्सा जिल्लाको विरगंज देखी ग्रामीण भेगहरुमा चोरीका घटनाहरू बढ्न थालेका छन् ।
पकहामैनपुर गाउँपालिकाको मधुबनीमा गएको राती ११ : ०० बजेको समयमा घर अगाडीबाट लगाइएको मोटरसाइकल चोरी भएको छ । घर अगाडी लगाइएको बिआर ०५ वाई ८८८१ नम्बरको कालो पाल्टिना चोरी भएको सवारी धनी प्रमोद बर्नवालले बताए ।
पकाहा मैनपुर गाउँपालिका वडा नं २ मा नै बढी चोरीको घटना बढ्नुमा प्रहरी कै मिलोमतो हुन्न सक्ने गाउँले हरुले संका गर्ने थालेका छन् । पकाहा मैनपुर गाउँपालिका वडा नं २ मा पर्ने प्रहरी चौकी सुर्जहाकट्टी प्रहरी प्रमुख देखि प्रहरी जवान समेत रातिको समयमा घुमफिर तथा गस्ती नगरेकोले चोरीको घट्ना बढेको स्थानियहरुले बताएका छन ।
प्रहरी चौकी सुर्जहाकट्टीका प्रहरी प्रमुख दिन भरी मधुबनी चौक को चौकमा आई पसलमा बसी बेलुका चौकी तिर फर्किने गरेका छन् । हुन् त उहाँको काम भनेको समाजमा शान्ति सुरक्षा कायम गर्ने भए पनि उहाँ दिन भरी मधुबनी चौक एक पान पसलमा मात्र बस्ने गरेको प्रत्यक्षदर्शी हरुले बताएका छन् । रातिको ११ : ०० बजे नै मोटरसाइकल चोरी भएकोमा स्थानीय वासीहरु आश्चर्यमा परेका छन् भने प्रहरी माथिको विश्वास गुम्दै गएको छ।
यति मात्र होइन उहाँकै मिलोमतोमा पकाहा मैनपुरको वडा नं २ को टोल पकहामा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको स्थानीयहरुले बताएका छन् । सञ्चालन रहेको ४ / ५ वटा मदिरा भट्टी संग मासिक नजराना बुझ्दै आएको श्रोतको दावी छ । उहाँले प्रहरीको नियम कानुनको खिल्ली उडाउँदै मात्र पैसा कमाउनमा लागेका छन् ।
पकहामैनपुर गाउँपालिकाको मधुबनीमा २ महिना अगाडि पनि एकजनाको घरबाट चपाकलमा जडान गरीएको पानी तान्ने मोटर चोरी भएको थियो भने त्यसको २/३ पछि फेरि एक जनाको पानी तान्ने मोटर चोरी भएको थियो । यस्ता चोरीको घटनाहरू बढ्न थाले पछी स्थानियहरुले आफुहरूलाई असुरक्षित महसुस गर्न थालेका छन र प्रहरी कहाँ सुरक्षाको मांग गरेका छन् । यति मात्र नभइ मधुबनीबाट नै फेरि केही दिन अगाडी क्रसरमा राति बालुवा लोड गरी राखिएको ट्रयाकटरबाट बैटरी चोरहरुले चोर्न सफल भएका थिए । क्रसर नजिक नै एक जनाको घरबाट साइकल चोरी पनि गरेका थिए ।
साथै पर्साको बिरगंज महानगरपालिकाको भिस्वा बस पार्क बाट बस नै चोरी भएको थियो चोरी भएको २ दिन पछि पर्साको ग्रामीण क्षेत्रमा रहेको छीपहरमाई गाउँपालिकाको वडा नंवर ५ भिस्वाबाट फेला परेको थियो । पर्सा प्रहरीलाई चुनौती दिँदै वीरगन्ज बाट २० किलोमीटर पश्चिम भेगमा बस लागिएको थियोे । यस्तै प्रकृतिका घटनाहरू दैनिक जसो हुने गरेपछि स्थानीयहरू आजित भएका छन् । साथै पर्साको ठोरी गाउँपालिकामा एकै दिन दुइटा विद्यालयमा चोरी भएको थियो । यस्ता चोरीका घटनाहरु बढी रहदाँ पनि अहिले सम्म पर्सा प्रहरीले यस्ता चोरीमा संलग्न एक जना लाई पक्राउ गर्न सकेको छैन ।
चोरीका घटनाक्रमहरु बढी रहेको समयमा प्रहरीको गस्ती फितलो हुनु भन्दै स्थानीयले आक्रोश समेत व्यक्त गरेका छन् । चोरीका घटनाहरु बढ्न थालेपछि स्थानीयले जिल्ला प्रहरी कर्यालय पर्सासंग सुरक्षाका माग गर्न गरेका छन् । दैनिक पर्सा जिल्लाको ग्रामीण भेगहरुमा मोटर , बैटरी , साइकल , मोटरसाईकल लगायतको सामानहरूको चोरी भईरहेको भन्दै स्थानीयले सुरक्षाको माग गरेका हुन् ।