वीरगन्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको वीरगन्ज महानगर र धोविनी गाउँपालिकाको वडामा वडा कमिटी गठन भएको छ ।
वीरगन्ज महानगरको वडा नं २८ को टोल बगहीमा बिरेन्द्र प्रसाद साहको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । नव गठित कमिटीको उपाध्यक्षमा मनी भूषण , सचिवमा विक्रम पटेल लगायतका रहेका छन् ।
त्यस्तै धोबिनि गाउँपालिकाको वडा नं ३ मा राष्ट्रिय युवा संघको वडा कमिटी गठन भएको छ । धोविनि गाउँपालिकाको वडा नं ३ मा शिवशंकर प्रसाद कुर्मीको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । उक्त कमिटीको उपाध्यक्षमा बृजेश पटेल , सचिवमा मेघराज पटेल रहेका छन् ।
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको हुने निर्वाचनका लागि लक्षित गर्दै राष्ट्रिय युवा संघ नेपाल पर्साले सक्रियता देखाएको भुझ्न सकिएको छ ।