जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् । यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका पनि एमाले प्रवेश गरेका छन् । जनकपुरधाममा भएको कार्यक्रममा उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गरेका छन् । उक्त कार्यक्रममा पोलिटब्यूरो सदस्य जुली महतो, ज्वाला साह, अछुत मैनाली, केन्द्रीय सदस्य राजकुमार गुप्ता,बालबिर चौधरी, प्रभु हाजरा, सरोज यादव, सन्जिब झा, प्रदेश सह सचिव आरती भन्डारी लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।