सप्तरी।सप्तरीमा ८५ भूमिहीनलाई लालपुर्जा दिइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।उनले स्थानीय तहले उर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनिएको भन्दै आजलाई त्यो फाइदा भएको देखिए पनि त्यसले दिगो रूपमा ठुलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मूल्याङ्कन गरी कृषि योग्य भूमिको संरक्षण गर्न आग्रह समेत गरेकी छन् ।यस आर्थिक वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी अगाडी बढेको मन्त्री श्रेष्ठले बताइन् ।