देउखुरी । शहरी विकास मन्त्री मेटमणि चौधरीले हतारमा शिलान्यास गरेको लमहीको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित लमही नगर विकास समितिले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहलको शहरी विकास मन्त्री मेटमणि चौधरीले गत साउन २८ गते निकै तामझाका साथ शिलान्यास गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सभाहल सुविधा सम्पन्न बनाउन आवश्यक रहेको उद्घोष गर्नुभएको थियो । तर, शिलान्यास गरेको करिब एकमहिना वितिसक्दा समेत आयोजना अझै अघि बढ्न सकेको छैन । यद्यपी सचिव डा. सिंहले शिलान्यास कार्यक्रममा बोल्दै भवन निर्माणको लागि सघन शहरी आयोजना कार्यालय घोराही दाङबाट बजेटको छुट्टै व्यवस्था हामीले गर्छौ र बटेको व्यवस्था गरेर उक्त आयोजनालाई बुहुवर्षीय आयोजना स्वीकृत गर्ने समेत बताउनु भएको थियो ।


मन्त्री चौधरीले प्रक्रिया पूरा नगरी भवनको शिलायास गर्दा एकमहिना सम्म काम नै सुरु भएको छैन । जस लिनलाई मन्त्री चौधरीले तत्कालिन समयमा बजेट व्यवस्था विनै सघन शहरी आयोजना कार्यालय घोराही दाङको लगानी स्वीकृतसमेत नगरी बहुउद्देश्यीय सभाहलको शिलान्यास गर्नुभएको थियो । यता सघन शहरी आयोजना कार्यालय घोराही दाङका इञ्जिनीयर विजय शेखर खनालले बहुउद्देश्यीय सभाहल निर्माण गर्ने भनेर बजेट प्राप्त नभएको बताउनुभयो । उहाँका अनुसार सभाहल निर्माण गर्ने भनेर कुनै कार्यक्रम नभएको बताउनुहुदैँ, सघन शहरीबाट निर्माण गर्ने भन्ने कुराहरु चाही आइरहेको छ, उहाँले भन्नुभयो,–। विभागमा पठाउनका लागि स्टिमेटहरु बनाउने काम चाही गरिरहेका छौँ । विभागमा पठाइसकेपछि अर्थ मन्त्रालयले पनि पूर्ण बजेटको सुनिचिश्ता गरिदिनुप¥यो ।’
‘सोही अनुसारको प्रक्रियामा हामी लागि रहेका छाँै । अहिलेसम्म टेण्डर पनि भएको छैन । टेण्डर प्रक्रिया फाइनल भएर एकदमै छिटो भवन निर्माणको काम सुरुहुने भनेको माघ महिना देखि होला ।’ शहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गर्नुभएको बहुउद्देश्यीय सभाहलमा एकहजार मानिस अट्ने र उक्त भवन पूरा गर्न जम्मा ५३ करोडको लागत अनुमान गरिएको छ । यता लमही नगर विकास समितिका सव–इञ्जिनियर तुलसीराम अर्यालले भवन निर्माणको लागि नगर विकास समितिबाट जग्गा व्यवस्थापन भएको बताउनुभयो ।
‘हामीले बहुउद्देश्यीय सभाहल निर्माण गर्ने भनेर १८ कठ्ठा जग्गा व्यवस्थापन गरेर राखेका थियौँ तर, लमही नगर विसका समितिबाट बजेटको व्यवस्थापन हुन सकिरहेको थिएन । बजेटको स्रोत विना शहरी विकास मन्त्री मेटमणि चौधरीबाट भवनको शिलान्यास भयो, उहाँले भन्नुभयो,–। ‘फिल्डमा अहिले केही पनि हुन्न ।’ ‘मन्त्री चौधरीले निर्वाचन क्षेत्र अन्तरगत लमहीको रातो डाँडामा बहुउद्देश्यीय सभाहलको शिलान्यास गरेपछि काम नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ ।।