आगमी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतवारदेखि प्रक्रिया सुरु भएको छ ।राजनीतिक दलहरूले आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ।शनिबार संसदको कार्यकाल सकिएसँगै समानुपातिकतर्फको मनोनयन हुन लागेको हो।निर्वाचन आयोगका अनुसार दलहरूले समानुपातिकतर्फको बन्दसूची असोज ३ गतेभित्र बुझाइसक्नुपर्नेछ ।