वीरगन्ज । असोज ३ गते अर्थात् सोमबार बेलुका बिन्दबासिनी गाउँपालिकाको कार्यलय बहुवार्वामा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो ।
बिन्दबासिनी गाउँपालिका उपाध्यक्ष ज्योति चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रशासन प्रमुख नरेश चौहान , अमिन विपिन कुमार साह , सप्रनी सन्दीप कुमार अर्याल , सई दीपक राणा , सई टेक बहादुर गुरुङ , नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजिव मिश्रा , लोकेन्द्र चौरसिया लगायत व्यक्तित्वहरूको सहभागिता थियो ।
संविधान दिवसको अवसरमा खुसियाली मनाउँदै बिन्दबासिनी गाउँपालिकाले आफ्नो कार्यालय भित्र मेन बती वाली संविधान दिवस मनाएको छ ।
गाउँपालिका उपाध्यक्ष चौरसियाले भ्रष्टाचारमुक्त देश बन्ने अपेक्षा गर्दै संविधानको सर्वोच्चताले सुखी र समृद्ध नेपाल बन्नेमा विश्वस्त रहेको बताईन । लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ संविधानले देशको मुहार फेरिने र नागरिकको सर्वोच्चता कायम हुन्छ । संविधानले समृद्धि नेपाल र सुखी नेपाली बन्ने विचार राख्नुभएको थियो ।