वीरगंज ।पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ श्रीपुर पचगावामा आज देखि कुस्ती मेला शुरु भएको छ । कुस्ती मेलालाई नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ताले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । गाँउपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गुप्ताले कुस्ती खेललाई राज्यले जर्गेना गर्नुपर्ने धारणा राख्नुभयो । गुप्ताले मधेशको लोकप्रिय खेल अन्र्तगत कुस्ती खेल पर्ने भएकोले कुस्ती खेललाई जोगाउनुपर्ने धारणा राख्नुभयो । कुस्तीबाट पछिल्लो समय युवा पुस्ताको रुची हटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पर्साका सह ईन्र्चाज एवं संबिधान सभाका सदस्य समेत रहेका गुप्ताले कुस्ती खेललाई जर्गेना गर्न आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । यसैगरी गाँउपालिका अध्यक्ष यशवन्त यादवले कुस्ती खेललाई संरक्षण गर्न गाँउपालिकाले सहयोग गर्ने धारणा राख्नुभयो । खेल जिवनको अभिन्न भाग हो । खेलले नाम र दाम दुवै प्राप्त हुने भएकोले खेलमा ध्यान केन्द्रित गर्न पहलवानहरुलाई अनुराोध गरे । खेलाडीको लागि पालिकाले सक्ने सहयोग गर्ने समेत नेता यादवले उदघोष गर्नुभयो । प्रतियोतिामा नेपाल र भारतका नामी पहलवानहरुको सहभागिता रहेको थियो ।

