बिन्दबासिनी । पर्साको बिन्दवासिनी गाउपालिका वडा न २ का युवाहरूको चाहना बमोजिम वडा अध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मि को वडा को बजेट सहयोग तथा द न्युज स्टार युवा क्लब बहुअर्वा भाठाको आयोजनामा आज गाउपालिका स्तरिय T२० cricket टुर्नामेन्टको उदघाट्न गरिएको छ ।
वडा दशैको शुभ अवसरमा युवाहरुको चाहना अनुसार गरिएको क्रिकेट खेलको उद्घाटन नेपाली कांग्रेस पर्सा का सभापति जनार्दन सिंह क्षेत्रीले बहुअर्वा भाठा चौरमा गर्नु भयो।
सो उदघाट्न समारोहमा पटेर्वा सुगौली गा पा का अध्यक्ष दिनेश चौधरी ,नेपाली कांग्रेसका क्षेत्रीय सभापती श्रीकृष्ण चौहान,पोखरिया नगरपालिकाका पुर्ब मेयर मन्टु रौनियार नेपाल तरुण दल पर्साका सचीव तथा नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिकाका सभापति श्री बिबेक चौरसिया, वडा अध्यक्षहरु अच्छेलाल मह्तो, मुक्तिनाथ प्रसाद कुर्मी, जय प्रकाश चौरसिया, अनोज चौरसिया, प्रमुख प्रशासकिय अधिकृत राजु साह लगायत उल्लेख्य मात्रामा स्थानीयहरुको सहभागिता रहेको थियो।