पिसफोर दलितस फाउन्डेसन नेपाल , मधेश प्रदेश , पर्साको आयोजना र युआरआई , स्माईलफोर मिलियनस , परिवर्तनको लागि सहकार्य , युनाइटेड नेसन , काठमाडौं , दिप नेपालको संयुक्त सहकार्य र समन्वयमा पर्सा जिल्लाको जिराभावानी गाउँपालिका वडा-४, सुपौलीको दलित बस्तीमा ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस भव्यरुपले मनाईएको छ।
सन् २०२२ को अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा जातिवादको अन्त्य गर्नुहोस् , शान्ति निर्माण गर्नुहोस् रहेकोे छ। जब सम्म समाजको जातिवाद , जातीय विभेद , छुवाछूत तथा दलित सामाजिक स्वतन्त्रता , सामाजिक न्याय हुदैनन् तब समाजमा शान्तिको बाताबरण हुनेवाला छैनन् । हामी सबै मिलि दलित र समाजमा रहेकोे जातिबादको अन्त्य गर्नु पर्छ।
यस अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा दलित समुदाय संग छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ।
पिसफोर दलितस फाउन्डेसनको उपाध्यक्ष चन्द्रकिशोर राम ज्युले भन्नू हुन्छ कि दलितको अधिकार सुनिश्चित हुदैनन् , राज्यले , प्रदेशले , स्थानीय सरकारले संविधान तथा अन्तर्राष्ट्रिय कानुन अनुसार हुदैन भन्ने शान्तिरुपले हामी गाउँ गाउँ बस्ती बस्ती बाट दलित जनआन्दोलन गर्ने बाध्य हुनेछौँ। एक सहभागी दलित महिला शान्ति देवी मुसहरीन ज्युले दलितको अधिकार सुनिश्चित तथा छुवाछूत अन्त्य नभए सम्म समाजमा शान्ति हुनेछैन।
एक अर्को व्यक्ता फाउन्डेसनको सदस्य दलित नेता पारमानन्द राम ज्यु भन्नू हुन्छ कि दलितको लागि शिक्षा , सशक्तीकरण , सामनता तथा दलितको लागि शान्ति नभए सम्म समाज र देशमा शान्तिको संस्कार र अवस्था सृजना हुनेवाला छैनन् । प्रमुख अतिथि वडा अध्यक्षले दलितस फाउन्डेसनलाई धन्यवाद दिनु भएको छ र दलित समुदायको अधिकार र सेवा र शान्तिको लागि संधै सहयोग र साथ रहनेछ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडा अध्यक्ष ज्युले मैनबती बाली गर्नुभएको छ।
निःशस्त्र आन्दोलनबाट रक्तपातबिना पनि परिवर्तन तथा शान्ति ल्याउन सकिन्छ दलितस फाउन्डेसनको अध्यक्ष मनोज राम ज्युले भन्नू भएको छ।
सन् २०२२ को अन्तर्राष्ट्रिय शान्ति दिवसको विषयवस्तु हो: जातिवादको अन्त्य गर्नुहोस्। शान्ति निर्माण गर्नुहोस्। यसले जातिवाद विरुद्ध लड्ने र सबै मानिसहरूलाई समान रूपमा व्यवहार गर्ने समाज निर्माण गर्ने महत्त्वतर्फ ध्यानाकर्षण गराउँछ। यसमा कार्यक्रममा महिला तथा पुरुष गरि जम्मा १०० को सहभागिता रहेकोे छ।
शान्ति भनेको शत्रुता र हिंसाको अनुपस्थितिमा सामाजिक मित्रता र सद्भावको अवधारणा हो। सामाजिक अर्थमा, शान्ति भन्नाले सामान्यतया व्यक्ति वा समूहहरू बीचको द्वन्द्वको अभाव (जस्तै युद्ध) र हिंसाको डरबाट स्वतन्त्रताको रूपमा प्रयोग गरिन्छ। इतिहास भरि, नेताहरूले शान्ति स्थापना र कूटनीति प्रयोग गरी व्यवहारिक संयमको एक प्रकार स्थापना गरेका छन् जसले विभिन्न प्रकारका सम्झौता वा शान्ति सन्धिहरू मार्फत क्षेत्रीय शान्ति वा आर्थिक वृद्धिको स्थापना गरेको छ। यस्तो व्यवहारिक संयमले प्रायः कम द्वन्द्व, ठूलो आर्थिक अन्तरक्रियाशीलता, र फलस्वरूप पर्याप्त समृद्धिको परिणाम दिन्छ।
सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभा सुरु भएको दिन पारेर राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी राष्ट्रसंघ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो ।
सन् २००२ मा भएको संयुक्त राष्ट्रसंघ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।
पिसफोर दलितस फाउन्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा दलित समुदाय संग छलफल तथा अन्तक्रिर्या कार्यक्रमको अध्यक्षता दलित अधिकार दबाब समुहको अध्यक्ष रामचन्द्र राम , जिराभवानि गाउँपालिका वडा-४, सुपौलीको वडा अध्यक्ष राजेश्वर थारू ज्युको प्रमुख अतिथित्यता , विशिष्ट अतिथि दलित महिला निर्वाचित कोसिलिया देवी राम ज्यु , संस्थाको उपाध्यक्ष चन्द्रकिशोर राम , सदस्य पारमानन्द राम , सुरेन्द्र पासवान , अशोक राम र सन्जोग राम र शिव राम र दलित अगुवा , महिलाको सहभागिता रहेकोे थियोे । यस कार्यक्रमको सहजीकरण दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नु भएको छ।