वीरगंज,माघ ६
पर्साको बिन्दवासनी गाँउपालिकामा आई.एम.एन.सि.आई.को समीक्षा तथा योजना तर्जुमा कार्यक्रम आज सम्पन्न भएको छ । स्वास्थ्य शाखाका सह संयोजक शोभा देवी चौरसियाको अध्यक्षता एवं निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पाँच बर्षमुनिका बालबालिकाहरुलाई दिईने सुई, फारम भर्ने तरिका लगायत बिबिध पक्षबारे छलफल गरिएको थियो । साथै आर्थिक बर्ष २०७६÷७७ सालमा भएका कार्यक्रमको समिक्षा एवं अगामी आर्थिक बर्ष २०७७÷७८को योजनाबारे पनि छलफल भएको थियो । कार्यक्रममा नरेश चौहान, बाल किसोर यादवर रामेश्वर चौहानले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता रहेको थियो ।