वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ ठाकुर राम बहुमुखी क्याम्पस ईकाई समितिमा प्रगतिशिल कर्मचारी संगठनको सयुँक्त प्यानल बिजयी भएको छ । बुधवार सम्पन्न इकाई समितिको निर्वाचनमा प्रगतिशिल कर्मचारी संगठनको सयुँक्त प्यानल बिजयी भएको हो ।
सभापति, उपसभापति, सचिव, उपसचिव, कोषाध्यक्ष र ६ जना सदस्यका लागि भएको निर्वाचनमा प्रगतिशिल कर्मचारी संगठनको प्यानल बिजयी भएको अनेरास्ववियु वीरगञ्ज महानगर अध्यक्ष आशिफ अहमदले जानकारी दिए ।
अहमदले दिएको जानकारी अनुसार सभापतिमा नेपाली कांग्रेस निकट प्रजातान्त्रीक कर्मचारी संगठनकी गीता कुमारी श्रेष्ठलाई ४ मतले पराजित गर्दै एमाले निकट किशोरी प्रसाद चौधरी विजयी भएका छन् । उनले ३६ मत प्राप्त गरेका छन् । यस्तै उपसभापतिमा रामआशिष बैठा, सचिवमा मनिषा कुमारी दनुवार, सहसचिवमा मदन पंडीत र कोषाध्यक्षमा विष्णुहरी क्षेत्री विजयी भएका हुन् ।
सदस्यहरुमा प्रगतिशिलतर्फबाट रुपा झा (मिश्रा), शिला देवी साह, चौठी राय यादव, पार्वती देवी मैनाली र सुनिल महतो कहार बिजयी हुँदा प्रजातान्त्रिकतर्फबाट विनोद कुमार पटेल मात्रै सदस्यमा बिजयी भएको अनेरास्ववियु वीरगञ्ज महानगर अध्यक्ष अहमदले बताए ।