वीरगन्ज । सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष श्रीमती शमी कुमारी अग्रवाल सुप्रबल जन सेवा श्री पदबाट विभुषित भएको उपल्क्षयमा आज ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्थाले उनलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष कालीस्टर साह कानुले उनलाई दोसल्ला र फुलमाला ओढाएर सम्मान गर्नु भएको थियो । सो अवसरमा संस्थाका उपाध्यक्ष विनोद प्रसाद साह, यूवा उधमी अस्वनी अग्रवाल, परवानीपु्र सेवा केन्द्रका प्रबन्धक उमेश प्रसाद यादव लगायत संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । आफुलाई सम्मान गरेकोमा श्रीमती शमी कुमारी अग्रवालले आभार प्रकट गरेकी थिईन ।