आनन्द पटेल । वीरगञ्ज राधेमाई स्थित आत्म ज्ञान प्रचार संघ बिरगंज केन्द्रले अन्तर्राष्ट्रिय शान्ति दिवसको उपलक्ष्यमा शान्ति विशेष कार्यक्रम समपन्न गरेको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति वक्ता श्री प्रेम रावत जीको शान्ति संन्देश भिडियो कार्यक्रमको माध्यमले ३०० जना नया ब्यतिmलाई शान्तिको संन्देशसंग जोडिएको छ । कार्यक्रममा सहभागीहरुले वास्तवमा आज एउटा अलग शान्तिको अनुभव गरेको प्रतिक्रिया दिएका थिए । उनीहरुले आउँदा दिनमा पनि यस्ता कार्यक्रममा सहभागी हुन आफनो इच्छा जाहेर गरेका थिए । आत्मज्ञान प्रचार संघ संस्थाले निरन्तर रुपमा विभिन्न माध्यमले श्री प्रेम रावत जी को शान्ति संन्देश कार्यक्रम गर्दै आएको छ । सो कार्यक्रम तिन सिफटमा समपन्न गरिएको थियो । कार्यक्रमका ईभेन्ट मयानेजरहरु रेखा साह, आभा गुप्ता, प्राविधिकमा दिपक गुप्ता, रामबालक राय,नागमणी ठाकुर, लगायत सहयागीरुको उपस्थित रहेको थियो । कार्यक्रमको ब्यवस्थापक संस्थाका भरत ठाकुरले गर्नुभएको थियो भने कार्यक्रमको संचालन आनन्द पटेलले गरेका थिए ।