वीरगन्ज । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले स्थापित न्यायिक समिति प्रभावकारी देखिएको छ । बिन्दबासिनी गाउँपालिकाको पालिको न्यायिक इजलासमा हरेक दिन इजलास बस्ने गरेको छ । नेपालको संविधानले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तिन सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ ।
सम्बन्ध विच्छेद, घर भाडा सम्बन्धी, साँध सिमाना मिचिएको, गाईभैसीले बाली नोक्सान गरेको लगायत ११ वटा विवादलाई मेलमिलाप मार्फत समाधान गर्ने जिम्मेवारी न्यायिक समितिलाई छ । स्थानीय तहको निर्वाचन पछि गाउँपालिका उपाध्यक्ष ज्योति चौरसियाको संयोजकत्वमा गठन भएको न्यायिक समितिमा हालसम्म २० वटा मुदा परिसकेको गाउँपालिकाको तथ्याङ्कले देखाएको छ । जस मध्ये रोका सम्बन्धित मुदा बढी परेको र हालसम्म ५ वटा मुदाको मेलमिलाप भइसकेको गाउँपालिका उपाध्यक्ष चौरसियाले बताईन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ मा न्यायिक समिति रहने व्यवस्था गरिएको छ जस अन्तर्गत विन्दवासिनी गाउँपालिकाको २०७९/०५/२९ गरेका दिन बसेको बोर्ड बैठकले उपाध्यक्ष चौरसियाको संयोजकत्वमा न्यायिक समिति र अपाङ्ग समिति गठन गरेको गरेको छ ।“अहिले विन्दवासिनी गाउँपालिकामा धेरै प्रकारका उजुरीहरू आउने गरेको छन् । तर सबै उजुरुहरु न्यायिक समिति मार्फत हेर्न नमिल्ने न्यायिक समिति संयोजक चौरसिया बताउनु हुन्छ । ”
उहाँ भन्नु हुन्छ “हामीलाई कानुनले तोक्दीएको छ मेलमिलाप र निर्णय गर्न पाउने सुचिको आधारमा उजुरुीहरुले लिने गरेका छौ । स्थानीय सरकारको ऐनमा भएका यस्ता मुद्दा जनप्रतिनीधले हेर्दा राम्रो हुन्छ भनेर यो व्यवस्था गरिएको पालिकाका अध्यक्ष प्रमोद तिवारी बताउनु भयो ।
दिनमा दुई तिन ओटा उजुरीहरू पर्ने गरेको तथ्याङ्कले देखाउने गरेको छ । गाउँपालिकामा आई पर्ने समस्याको बारेमा बुझी हामीले हेर्ने मिल्ने मुदा हामीले हेर्ने गरेको छौ उपाध्यक्ष चौरसिया बताईन । पालिकाका सबै वडाहरूमा मेलमिलाप कर्ताहरूको व्यवस्था गरिएको छ । पालिकाले मेलमिलापकर्ता मार्फत विवाद समाधान गर्दै आएको छ ।
उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहेको छ । उक्त समिति २ जना वडा सदस्य रहनु भएको छ । न्यायिक समितिमा आएका विवाद सल्टाउन तथा उजुरीकर्ता र प्रतिवादी पक्षको मन मिलाउन हामीले लागि परेको उपाध्यक्ष चौरसियाले बताईन ।
न्यायिक समितिले पक्ष र विपक्षलाई छलफलमा बोलाउने र मेलमिलाप गराउँदै आएकोमा विवादलाई मेलमिलापकर्ता मार्फत समाधानको प्रक्रिया समेत राखेको छ ।
अव मेलमिलापकर्ताले पक्ष र विपक्षको छलफलका आधारमा आउने निष्कर्षलाई समितिले निर्णय दिने छ ‘न्यायिक समितिको काम मेलमिलाप गराउँदै समाजलाई विवादमुक्त बनाउने हो ।’’ उपाध्यक्ष चौरसियाका अनुसार विवादका पक्ष र विपक्ष आफैले व्यक्ति छनोट समितिलाई जानकारी गराउने छन् । त्यसपछि समितिले विवादलाई मेलमिलाप गराउने पत्र थमाउने छ भन्नु भयो ‘त्यसपछि मेलमिलाप गराउने काम मेलमिलापकर्ताहरूले गर्नुहुन्छ ।’ मेलमिलापकर्ताको छनोटले विवाद समाधानमा सहज हुने न्यायिक समितिका सदस्यहरु बताउनु हुन्छ । ‘समाजमा हुने विवाद मेलमिलाप मार्फत समाधान गर्नु राम्रो हो ।’
एउटै वडामा बस्ने व्यक्तिहरू विभिन्न कारणले विवाद उत्पन्न हुन्छन् , तर त्यसलाई मेलमिलापको माध्यमबाट समाधान गर्दा समाजमा मिलेर बस्ने वातावरण बन्छ भने उहाँहरू भन्नु भयो र ‘छिमेकीहरू सधैँ चाहिन्छ, सामान्य विवादले मुखै बाराबार गर्ने अवस्थाको अन्त्य गदै समाजमा मेलमिलाप गराउन न्यायिक समितिको भूमिका महत्त्वपूर्ण देखिएको छ ।