वीरगन्ज महानगरपालिका स्तिथि रहेको एक प्रख्यात टाउन होटलमा झिझिया कार्यक्रम आयोजना हुन गइरहेको छ। सो कार्यक्रम मा टिकेट को पनि व्यवस्था गरिएको छ।यही आउँदो मिति २०७९/०६/१५ गते का दिन यो कार्यक्रम हुन गइरहेको जानकरी गराउन चाहन्छौ। दशैँ शुरु हुनासाथ नगर/गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती–बस्तीमा गरिने झिझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएका हुनाले, गाउँघरमा अब न ढोल बज्छ, न झिझिया नै देखिन्छ, दशैँ पर्व लागेजस्तो नै बुझिदैन,त्यही सन्दर्भमा एलाइड युथ सोसाइटी द्वारा हाम्रो संस्कृति परम्परा जोगी रहोस् सो का निम्ति यो झिझिया कार्यक्रम आयोजना गर्न लागेका छन।। दशैँ शुरु भएको पाँच दिन भइसक्दासम्म बस्तीमा ढोल नबजेको र राति झिझियाको लय सुन्न नपाइएको अनुमान बितेको वर्षमा गरिएकोले यस वर्ष यस कार्यक्रम लाई निरन्तरता दिने गरी आयोजना को साथ शुरुआत गर्न गइरहेका छन्। समय मै सीट बुकिङ गरी आफ्नो स्थान पका गर्नको लागि यस संस्थाले टिकट पनि आह्वान गरेको छ।