द साझा फाउन्डेसनद्वारा आज पनि हप्ताको दोस्रो दिन नारायणी अस्पताल बीरगंजमा भर्ना रहेका बिरामीको कुरुवा बसेका १३० जनालाई नि:शुल्क खाना वितरण गरेको छ । साथै यश संस्थाका वरिष्ठ सल्लाहकार दीलिप कुमार सिंह , श्रीराम कुमार दास ,सुवाश साही , अनुज पटेल ,नरेश चौधरी , सुरज गुप्ताको विशेष उपस्थितिमा खाना वितरण गरिएको थियो । आजको यस खाना वितरण गर्ने कार्यक्रममा यस संस्थाका अध्यक्ष अनुराग झा, उपाध्यक्ष नितेश पटेल, सुजित साह, कोषाध्यक्ष सौरभ पटेल ,सचिव सन्दिप साह, सह-सचीव सुभाङ्कर ठाकुर , बिक्रम पटेल, बिनय कुशवाहा , कुमेश कुशवाहा ,करण पाँण्डे , अलि अक्रम रेजा र राइनो युवा क्लबका अध्यक्ष श्याम गुप्ता र द साझा खबरका प्रमुख मुकेश श्रीवास्तवको उपस्थिति रहेको थियो । द साझा फाउन्डेसनले हप्तामा २ दिन नि:शुल्क खाना वितरण निरन्तर गरिरहने कुराको जानकारी यसै संस्थाका सचिव सन्दिप साहले जानकारी दिनुभयो।
बिनय
