पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं ४ मधवलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालयलमा छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ५ सम्म अध्ययनरत विधार्थीहरुमध्ये छात्रा, दलित छात्रा र दलित छात्र गरी जम्मा १०० जनालाई प्रती विधार्थी रु. चार सयको दरले चालीस हजार बराबरको छात्रवृत्ति वितरण गरिएको हो। छात्रवृत्ति वितरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया, बडा नं ४ का वडा अध्यक्ष अनोज कुमार चौरसिया, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, वडा सदस्य हरेन्द्र चौरसिया, मुकेश साह कानु, सगिर मिया, प्रधानाध्यापक कन्हैया प्रसाद तेलि, शिक्षकहरु मुकलेश गदी, मुकेश कुमार साह, बलिराम साह लगायतको उपस्थित रहेको थियो ।