

वीरगन्जमा रहेको नारायणी यातायात कार्यालय (सवारी शाखा) मा अहिले बिचौलीयाहरुको विगाविगी बढेको छ । कार्यालयका कर्मचारीहरु कै मिलोमतोमा सवारी शाखा बिचौलीयाहरुको अड्डामा परिणत हुँदैछ ।
उक्त कार्यालयमा अहिले साना देखि ठुला सवारी सम्म लगायत ट्रेक्टर नवीकरण शाखामा बिचौलीहरु हावी हँुदै गएपनि सम्बन्धित निकाय मात्र आर्थिक चलखेलमा मस्त हुने स्रोतले जनाएको छ ।
यस कार्यालयमा बिचौलियाहरु कै माध्यमले नवीकरण, नामसारी, जाचपास, दर्ता लगायत लगतकट्टा हुने गरेको एकजना कर्मचारीले बताए । उनका अनुसार कार्यालयमा काम गर्न आउने सेवाग्राहीहरू बिचौलियाहरु कै मारमा पर्दै आएका छन् ।
एक सेवाग्राहीका अनुसार आफ्नो सवारी लगत कट्टा गराउन आउँदा बिगत तिन दिन देखि कार्यालय धाई रहेपनि लगत कट्टा हुन् नसके पछि बाध्य भइ बिचौलीयाको माध्यमले पन्ध्र हजार तिरी एकदिन भित्रै लगत कट्टा गराउन सफल भएको उनले बताए ।
उनका अनुसार आफुले लगत कट्टा गराउन खोज्दा प्राबिधिकका कर्मचारी नितेश्वर यादव तथा प्रमोद यादव समेत केहि सुनवाई नै नगरेको दुखेसो ब्यक्त गरे । सेवाग्राही अनुसार कर्मचारी यादवलाई पटक–पटक आफ्नो दुख सुनाउँदा पनि केहि सुनवाई नै नगरी बाहिर निकालेको उनले दुख पोखेका हुन् ।
सेवाग्राहीहरू आफ्नो गाडी लगत कट्टा गर्न खोज्दा सो काम आफुसँग गर्दा कर्मचारीहरु बिभिन्न किसिमको समस्या उत्पन गरि नगर्न खोज्दा बाध्य भइ बिचौलीयाहरुको माध्यमबाट हुने गरेको नाम नबताउने सर्तमा सेवाग्राहीले बताए ।
यस्तो घटना पटक–पटक देखा परेको हुँदा पनि सम्बन्धित निकाय कुनै किसिमको चासो देखाए छैन । नारायणी यातायात कार्यालयमा नहुने कम बिचौलीयहरुको मधयमले सजिलै नै हुने गरेको छ ।