वीरगन्ज / वीरगन्जमा रहेको गौतम माध्यमिक विद्यालय बिभिन्न शीर्षकमा शुल्क असुली गर्दै आएको पाएको छ । स्थापना भएदेखि गौतम माध्यमिक विद्यालय अत्यधिक रकम असुल्दै आएको अभिभावकले आरोप लगाएका छन । विद्यालयले ४५ % सम्म शुल्क बृद्धि गर्ने,२५ हजार देखि ५० हजार सम्म डिपोजिट गर्न लगाउने ,प्रशासन र बाउन्सर बोलाएर अभिभावकलाई धम्काउने लगाउने गर्दै आएको उनीहरूको भनाइ छ । यस्तै विद्यार्थीलाई पढाईमा अवरोध गर्ने शुल्कको नाममा विद्यार्थीलाई शोषण गर्ने ,शुल्कको बहानामा विद्यार्थीलाई रिजल्ट लिनु वाट वञ्चित गराउने काम गर्दै आएको हो । विद्यालयले यो सबै समस्या यथावत राखे विद्यार्थी सङ्गठन चुप नबस्ने अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारीले बताए । उनले अभिभावक समिती यो विषयमा आवाज उठाउँदा बाउन्सर र प्रशासनको सहयोगमा दबाउन खोजे आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।


अनेरास्ववियु पर्सा द्वारा खेद व्यक्त : अन्सारी
अभिभावक संघर्ष समिति र अनेरास्ववियु लगायत विभिन्न बिद्यार्थी संगठनहरुले गौतम माध्यमिक विद्यालयमा शुल्क वृद्धिको विषयमा अवाज उठाउदा बाउन्सरको रुपमा चन्द पैसाको लालचमा पालेको गुन्डाहरु बोलाएर धाक-धम्कीपूर्ण दबाब दिएको र साथ साथै प्रशासनको सहयोगले आवाज दबाउने जस्तो निन्दनीय कार्य प्रती अनेरास्ववियु पर्सा जिल्ला कमिटीले खेद प्रकट गर्द छ । अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारीले जारी गरेको विज्ञप्तीमा विगतको दिनमा पनि गौतम स्कुल सहित केही विधालयहरुले यस्तो गुन्डागर्दीलाई बढावा दिदै आएको उल्लेख छ ।
गौतम माध्यमिक विद्यालयले विभिन्न शिर्षकमा अनावश्यक शुल्क असुली गर्दै आएको छ । विद्यालयले ४५ % सम्म शुल्क बृद्धि गर्ने,२५ हजार देखि ५० हजार सम्म डिपोजिट गर्न लगाउने ,प्रशासन र बाउन्सर बोलाएर अभिभावकलाई धम्काउने लगाउने गर्दै आएको उनको भनाइ छ । यस्तै विद्यार्थीलाई पढाईमा अवरोध गर्ने शुल्कको नाममा विद्यार्थीलाई शोषण गर्ने ,शुल्कको बहानामा विद्यार्थीलाई रिजल्ट लिनु वाट वञ्चित गराउने काम गर्दै आएको हो । विद्यालयले यो सबै समस्या यथावत राखे विद्यार्थी सङ्गठन चुप नबस्ने अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारीले बताए । गौतम स्कुलले सूचना सार्वजनिक गर्दै दशैं पर्वको मौका छोपी पैसा असुल्ने कार्य गरि रहेको र दशैं बिदाको समय अनिश्चितकालको लागि बन्द भनी नाटक मन्चन गरेको उनले आरोप लगाए । यी सबै समस्याको विषयमा अनेरास्ववियु लगायत अन्य विद्यार्थी सङ्गठन र अभिभावक समितीले छलफल गरि थप संघर्ष कार्यक्रम अगाडि बढाउने निर्णय गरेको अन्सारीले बताए ।
बुझ्न पुगेपछि विद्यालय बन्दको सूचना जारी
गौतम मावि अनिश्चितकालका लागि बन्द
गौतम मावि अनिश्चितकालका लागि बन्द गरेको सूचना जारी गरेको छ । गौतम मावि आफ्नो नियमित प्रक्रिया अनुसार काम गरिरहेको अवस्था केही गलत ब्यक्ति गौतम स्कुलमा आएको भन्दै असोज ९ गतेदेखि अनिश्चितकालका लागि बन्द गरेको सूचना जारी गरेको हो । गौतम मावि दशैं पर्वको मौका छोपी अनिश्चितकालको लागि बन्द गरेको बुझिएको छ ।