

बारा आश्विन ०९ - हिन्दुहरुको महान चाड दसैँको मुखमा बारा ट्राफिक प्रहरीको ज्याजति बढेको गुनासो रहेको छ। कयौ बर्षदेखि बिरगंज कलैया रुटमा बिभिन्न कम्पनिको साना ठुला यात्रुबोक्ने सवारीसाधन चलिरहेको छ तर आफु खुसि चेक जाच गरि दुखः दिने गरेका छन् । नेपालमै सवारी साधनको नियम बिगार्ने मिच्ने नै ट्राफिकबाट भएको हामि सम्पूर्ण नेपालि जनताको अगाडी रहेको छ। क्षमता भन्दा बढी केहि समान बोकेर हिडन न पाउने नियम हुदा हुदै पनि ट्राफिक प्रहरीले यो नियमको आडमा पैसा असुल्ने तिर लागि परेका छन् पटक पटक समाचार आउदा पनि कुनै निकायको यस्ता गतिबिधिमा आखापुगेको छैन। यस्ता (भारि) ओभरलोड गरेको भनि मन परि चिटकाटि चालकलाइ धाक धम्की देखाई पैसा असुल्ने गरेका छन्। यस्ता गति विधिले सडकको क्षमताबन्दा बढी भारि बोकेको गाडीले नया सडकनै भतकाइ सकेको हाम्रो अगाडी नै छ। यता नया धन्दा सुरुगरेको ध्यान आकर्सन सबैको देखिन्छ हरेक यात्रु बोक्ने सवारी साधन जस्तै तिन पाङ्ग्रे टेम्पो,भ्यान बस सबैको सिट छ्मता ब्लु बुकमा प्रस्टलेखिएको हुन्छ तर यो क्षमताभन्दा बढि यात्रुबोकी हिडेको खुल्याम हामि देखिनछ तर ट्राफिक प्रहरीले जरिवाना न काटि पैसा चालक संग असुली छाडने गरेका छन् यहि कारणले कति सवारी दुर्घटनामा पनिपरि यात्रुहरुले ज्यान गुमाउन परेका छन्। कलैया बिरगंज यात्रु बोक्ने तिन पाङ्ग्रॆ टेम्पोको क्षमता भनेको चालक सहित ७ जाना हुदा हुदै १० देखि ११ जना बोक्ने गरेका छन् भने अन्य कम्पनि महिन्द्रा र टाटाको चार चके मिनी भ्यानमा नियमाअनुसार ८ सिट भएको हुदा १० या ११ जना बोक्ने गरेको स्पस्ट लेखिएको देखिन्छ। सो रुटमा चलाई रहेकाकेहि चालक र यात्रुहरुको गुनासो रहेको छ ट्राफिक प्रहरीले सवारी चेक जाचका नाममा बढी यात्रु बोकिस भनेर पैसा असुलीधन्धा सुरु गरेका छन् पैसा दिने लाइ छाडने न दिने लाइ तनाव र जबर्जस्ति गर्ने देखिन्छ। सम्पूर्ण यात्रुहरुको माग यहि रहेको छ सरकारी नियमाअनुसार यात्री बोक्न ट्राफिकले सबैलाइ सम्मान रुपमा नियम पालना गर्न लगाई दुर्घटना बाट जोगाउनु पर्यो अन्यथा यो न रोकिनेहो भने माथि निकाय सम्म पुगी सडक अन्दोलन गरिने बताएका छन्। यस्ता गतिविधि चाडै रोकीन सम्बन्धित निकायको ध्यान जाओस भनि जोरदार माग रहेको छ।