वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव माथी भएको आक्रमण प्रति नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ध्यानकर्षण भएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्साका जिल्ला अध्यक्ष मोहमद निजामले निकालको विज्ञप्तिमा दोषीलाई यथाशिघ्र कार्यवाही नभए छिटै आन्दोलन उत्रिने चेतावनी दिएका छन् ।
प्रेस विज्ञप्ति :-
पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालयबाट वडा नंं ६ स्थित घर फर्किंदै गर्दा बालुवा गाउँमा गाउँपालिका अध्यक्ष जसवन्त यादव र उनी संग रहेका उनका समर्थक माथि ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमण प्रति हाम्रो संगठन राष्ट्रिय युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्ता पात्र र प्रवृत्तिहरुलाई निरुसाहीत गर्न हाम्रो संगठन जस्तो सुकै पनि कदम चाल्न सदैव तयार रहेको जानकारी गराउँदछौ । लाठी फटा सहित घरेलु हातहतियार सहित सुन्योजित तरिकाले कुटपिट गरी सवारीसाधनमा तोडफोड आगजनी गर्ने , समाजमा भ्रम सृजना गर्न खोज्ने , द्वन्द्व सिर्जना गर्ने उस्काउनेहरु पछिल्ला उपलब्धि र परिवर्तनको विरोधी तत्वहरूबाट प्रायोजित तथा संचालित छन् ।
हाम्रो संगठन यस्ता प्रतिगामी तत्वहरूको विरुद्धमा आवश्यकता अनुसार प्रतिरोध कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौ ।
कानुनको खिल्ली उडाउँदै खुल्याम नरसंघार गराई दिने अराजक , आपराधिक र हत्या हिंसा भड्काउने , उददता देखाउने ब्यक्ती कुनै पनि मानेमा क्षमा योग्य छैन् ।
हत्या हिंसा र अपराधिक चरित्र भएकालाई आवश्यक पर्दा भौतिक ढंगले तह लगाउने नेतृत्वको इतिहास रचेको हाम्रो संगठन राष्ट्रिय युवा संघ नेपाल अराजक, अपराधिक र हत्या हिंसा भड्काउने , कुटपिट गर्ने , सवारी साधनमा तोडफोड गरी आगजनी गर्ने व्यक्तिलाई छिटो भन्दा छिटो पक्राऊ गर्न नेपाल सरकार संग जोडदार माग गर्दछौं।
यदि यता शीघ्र पक्राऊ गरी कार्यवाहीको प्रक्रिया अगाडि बढाइएन् भने हाम्रो संगठन भोलि देखि कडा रूपमा प्रस्तुत हुने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौ ।
सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादव माथि ज्यान मार्ने प्रयास।
