पोखरिया । पोखरिया नगरपालिका वडा नं. ९ बैरियाबिरतामा श्री नव दुर्गा भवानी पूजाको कलश यात्रा सम्पन्न भएको छ । स्थानीय तह, वडा कार्यालय र स्थानीयबासीहरुको सहयोगमा कलश यात्रा सम्पन्न भएको थियो।
प्रत्येक साल झै यस साल पनि बिजया दशमीको पावन अवशरमा जय माँ दुर्गा भवानी पुजा सेवा समितिद्वारा माँ भवानिको पुजा बडो हर्षोल्लासका साथ गरिने भएकोले समितिका सदस्यहरुले जानकारी जानकारी दिएका छन् । विभिन्न वडाका भक्तजन तथा महिलाहरू कलश भर्न नजिकैको खोला गएका थिए। खोलामा सायोको संख्यामा कलशमा जल भरेर कलश यात्रीहरू पुजा स्थल पुगेका थिए ।
कलश यात्रामा उप मेयर रुबि कुमारी ठाकुर , वडा अध्यक्ष नौसाद आलम , पुर्व उप मेयर सलमा खातुन,बलिराम मुखिया, धर्मेन्द्र पटेल , ओमप्रकाश मुखिया , बिकाश मिश्रा , हरेन्द्र राम, दरोगा पटेल ,जोखु पटेल ,सुरेश पटेल ,राम पटेल लगाएत स्थानीयबासीहरुको समेत सहभागिता रहेको थियो ।