विजयादशमीको शुभ अवसरमा पर्सागढी नगरपालिका कार्यालय, हरपुरको आयोजना र नौलो सोच फाउन्डेशनको सहयोगमा सोमवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पर्सागढी नगरपालिका–३ को जनता माध्यमिक विद्यालय, पकडिया बडनिहारको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा सातजना महिलासहित ८८ जनाले रक्तदान गरेको स्वास्थ्य शाखा प्रमुख देवकुमार गिरीले बताए । कार्यक्रममा नगरप्रमुख गोकर्ण पाठक, उपप्रमुख पूजा चौधरी, वडाध्यक्ष नवलकिशोर साह, दुर्गा लामिछाने, अशोक बुर्लाकोटी, भरत श्रेष्ठ, कैलाश थारू, रामायण चौधरी, टीकाराम पौडेललगायतको सहभागिता थियो ।