बिन्दबासिनी । विश्व पर्यटन दिवसको अवसरमा मङ्गलबार बिन्दबासिनी गाउँपालिकाको प्रसौनी नाकामा रहेको फलेग टावरमा लगाइएको झण्डा फेरि नयाँ झण्डा लगाइएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा विन्दवासिनी गाउँपालिकाको अगुवाइमा भारतबाट नेपाल प्रवेश गर्ने ग्रामीण मुख्य नाका प्रसौनीमा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको पहलमा एक कार्यक्रम बीच सशस्त्र प्रहरी बल नजिक रहेको फ्लेग टावरमा नयाँ झण्डा लगाइएको हो ।
बिन्दबासिनी गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्योति चौरसिया , वडा अध्यक्ष मोहनलाल अहिर , अछेलाल महतो , नेकपा एमालेका नेता लक्ष्मण चौरसिया , अलि अहमद गदी , प्रसौनी बि ओ पी इञ्चार्ज , प्रसौनी चौकीका सई दिनपरायण राणा लगायतको पनि सहभागीता थियो ।