पर्साको वीरगञ्जमा झिझिया कार्यक्रमको आयोजना हुने भएको छ । एलाइड युथ सोसाइटी वीरगञ्जको आयोजनामा आउँदो १५ गते शनिबारको दिन टाउन होटलमा झिझिया कार्यक्रमको आयोजना हुने भएको हो ।
दशैँ सुरु भए देखी विषेश गरि मधेसी समाजमा मनाईने झिझिया अहिले हराउदै गएको छ ।
दशैँ शुरु हुनासाथ नगर/गाउँ टोलमा बज्ने ढोल (नगरा) र गाउँ–बस्तीमा गरिने झिझिया गीत सहीतको नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएकोले आफ्नो संस्कृती आफै बचाउ नाराका मुल नारासहीत झिझिया कार्यक्रमको आयोजना गरेको आयोजक समुहले बताएको छ ।
कार्यक्रममा स्थानिय स्टारहरुको विषेश प्रस्तुती हुने भएकाले समय मै सीट बुकिङ गरी आफ्नो स्थान सुरक्षीत गर्न आयोजक संस्थाले आह्वान गरेको छ । टिकेट खरिद गर्नको लागि दिएको नम्बर मा संपर्क गर्न सक्नु हुनेछ।9807265125