द साझा फाउन्डेसनद्वारा आज पनि दोस्रो हप्ताको तेस्रो दिन नारायणी अस्पताल बीरगंजमा भर्ना रहेका बिरामीको कुरुवा बसेका १३२ जनालाई नि:शुल्क खाना वितरण गरेको छ । नारायणी अस्पतालका मे.सु डा.बिरेन्द्र बहादुर प्रधान र यस संस्थाका वरिष्ठ सल्लाहकार दीलिप कुमार सिंह , अनुज पटेल को विशेष उपस्थितिमा खाना वितरण गरिएको थियो ।
आजको यस खाना वितरण गर्ने कार्यक्रममा यस संस्थाका अध्यक्ष अनुराग झा, उपाध्यक्ष नितेश पटेल, कोषाध्यक्ष सौरभ पटेल ,सचिव सन्दिप साह, सह-सचीव सुभाङ्कर ठाकुर , कुमेश कुशवाहा ,करण पाँण्डे र राइनो युवा क्लबका अध्यक्ष श्याम गुप्ता र आवज एफ.एमका संम्बाददाता आनन्द पटेलको उपस्थिति रहेको थियो ।
द साझा फाउन्डेसनले हप्तामा २ दिन नि:शुल्क खाना वितरण निरन्तर गरिरहने र आजको खाना वितरणमा आर्थिक रुपले सहयोग गर्नु भएका सुनिल साह र कुमेश कुशवाह ज्युलाई धन्यवाद छ ।भन्ने कुराको जानकारी यसै संस्थाका सचिव सन्दिप साहले जानकारी दिनुभयो।
कार्यक्रममा नारायणी अस्पतालका निमित मेडिकल सुप्रिदेण्डत डा.बिरेन्द्र प्रधानले खाना वितरण गर्ने संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। खासगरी नारायणी अस्पतालमा मध्यम वर्गका बिरामीहरू आउने गरेकोले उनीहरूको लागि यो कार्यक्रम निकै लाभदायक भएको बताए । उनले यो संसारमा खाना हरेक प्राणीलाई चाहिएको हुनाले यो कार्यक्रमले समाजमा निकै राम्रो प्रभाव परेको र बिरामी र कुर्वा पनि खुशी भएको बताए । यसैगरी संस्थाका वरिष्ठ सलाहकार दिलीप कुमार सिंहले खुशी व्यक्त गर्दै संस्थामा आबद्ध रहेका सबै सदस्यहरूलाई धन्यवाद दिए । उनले हामी यो कार्यक्रम आफ्नै निजी खर्चमा गर्दै आएको र आउने दिनमा यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले मानवीय सेवाको भावनाले हामी निःशुल्क रूपमा खाना वितरण कार्यक्रमको आरम्भ गरेको बताए ।