पाँच दलीय सत्ता गठबन्धनले मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधि सभातर्फ सिट बाँडफाँट लगभग टुंगाएको छ। १६५ सिटमध्ये १६० सिटमा सहमति जुटाएको हो ।
गठबन्धन दलमा भएको सहमतिअनुसार कांग्रेस ८५, माओवादी केन्द्रले ४४, एकीकृत समाजवादी १७ र जसपा १५ सिट र बाग्लुङ १ र प्युठान जनमोर्चाको भागमा पर्ने निश्चित चएको छ ।
बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदलसहित शीर्ष नेताहरुको बैठकले सो सहमति जुटाएको हो । अब खोटाङ, धादिङ- १, बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ ।
यसरी गरे गठबन्धनको सिट बाँडफाँट
सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन् । सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ । काङ्ग्रेसले ८५ सिट लिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ ।
बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो।
प्राप्त गरेको सूची अनुसार अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशका धादिङ -१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ ।
माओवादी केन्द्रले उपत्यकामा काठमाडौ २ र ९ लिने सहमति भएको छ। यस्तै ललितपुर ३ पनि लिनेछ ।
प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ । झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ ।
एकीकृत समाजवादीले इलाम १, रौतहट १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १ अछाम- १, बझाङ र डोटी पाएको छ । धादिङ १ र बारा ४ मा माओवादीको पनि दाबी छ । अन्य सबै मिलेको छ।
यी हुन कांग्रेसले लिने सिट
सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ७८ सिटमा सहमति जनाउने भएको छ
जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम-२, झापा-१,
झापा-३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १,२,३ र ६, सुनसरी-२, ३ र ४, ओखलढुंगा, उदयपुर-१
लिनेगरी सहमति भएको छ ।
प्राप्त सूची अनुसार मधेश प्रदेशमा कांग्रेसले सप्तरी-३, सप्तरी - ४, सिराहा - १ र २, धनुषा २, ३ ४, महोत्तरी-२ र ३, सर्लाही - ४, बारा-१, पर्सा ३ र ४ लिने भएको छ।
त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप-१, सिन्धुली-१, रसुवा, धादिङ - २, काठमाडौं-१,३,४,५,६,१०, भक्तपुर १ र २, ललितपुर-१, काभ्रे - १, सिन्धुपाल्चोक-२, मकवानपुर - १, चितवन १ र २ लिने भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-१, मनाङ, कास्की, तनहुँ-१ र २, स्याङ्जा १ र २, नवलपरासी पूर्व- १ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ। लुम्बिनी प्रदेशमा गुल्मी -१, पाल्पा-१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया-१, नवलपरासी पश्चिम २ लिने भएको छ। त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख - १ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ। सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर २ र ३ लिने भएको छ ।
माओवादी कहाँ कहाँ?
सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झाप-२, झापा–५, भोजपुर, मोरङ-४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर २ लिने भएको छ । यसमध्ये खोटाङमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ ।
प्रदेश २ मा सिराह - ३, धनुषा-१, महोत्तरी-१, सर्लाही -२, सर्लाही-३ लिने भएको छ । सर्लाही - २ मा जसपाले पनि दाबी गरेको छ । बागमती प्रदेशमा दोलखा वा रामेछाप-१ मध्ये एक लिने बताइएको छ त्यस्तै, सिन्धुली - २, नुवाकोट- १, धादिङ -१, काठमाडौं-२, काठमाडौं- ९, काभ्रे-१, सिन्धुपाल्चोक-१ र चितवन-३ माओवादीले लिने भएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ-२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही-१, कपीलवस्तु - १, रुकुम पूर्व, रोल्पा, दाङ -२, बाँके -१, बर्दिया - २, नवलपरासी पश्चिम-१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम-१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ ।
कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम-१, कैलाली -२, कैलाली- ३, बैतडी, कंचनपुर १ लिने भएको छ ।