बीरगन्ज / लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा बीरगन्ज बाट १ अपराधी सहित ३ जना पक्राउ परेको छ । प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ हत्या गर्न सुटरहरूलाई पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महाराम सहित ३ जनालाई प्रहरी ले पक्राउ गरेको हो । मोहम्मदलाई शुक्रबार वीरगन्जबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
त्यसैगरी प्रहरीले मधेस प्रदेशबाट अर्का एक जना व्यक्तिलाई पनि पक्राउ गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिबारे जानकारी दिने बताएको छ ।
गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए