बिन्दबासिनी । विन्दवासिनी गाउँपालिकाले आज एक कार्यक्रमका विच गर्दौलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्ती खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरेको छ।बिन्दवासिनी गाउँपालिका वडा नं- १ को आ.व २०७९/०८० को वडा स्तरी योजना अन्तर्गत गर्दौलमा आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्ती खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान स्वरुप ट्रेक सुट वितरण गरिएको छ । वडा अध्यक्ष अक्षयलाल महतोको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रमोद तिवारी , विशिष्ट आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत राजु साह लगायत स्थानिय बासिन्दा, सञ्चारकर्मीहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।