निरन्तर आज दोस्रो दिन पनि अपन राधेमाई युवा क्लबद्वारा बडा दशैंको सुभ उपलक्ष्यमा भगवती श्री राधेमाई मन्दिरमा श्रद्धालुहरुलाई प्रसाद वितरण गरिएको छ। प्रत्येक दिन श्रद्धालु हरुको भीड बढ्दै गइरहेको छ। मनमा आस्था, इच्छा र नयाँ सोच को साथ आउँदै गरेको भक्तजनहरूको कामना हरु पूरा हुँदै जान्छन् भने यहाँको पुजेरिले जानकरी गराउनु भएको छ। अपन राधेमाई युवा क्लबका सदस्यहरूको मिहिनेत कै कारण यो प्रसाद वितरण कार्यक्रम पूर्ण रूपले सफल भएको छ।
प्रसाद वितरण कार्यक्रममा आज एक हजार १००० पिस प्रसाद भक्तजनहरू लाई बाँडिएको छ र यस लाई सहयोग पुर्याउनु भएको मा प्रभात ट्रेड कन्सर्न लाई क्लबको तर्फबाट हृद्य देखि धन्यवाद छ र निरन्तर यो कार्यक्रम दशैं अवधि भरी चल्नेछ जस्तो कुरा क्लब का अध्यक्ष पवन यादवले जानकारी गराउनु भएकमा छ। कार्यक्रम लाई निरन्तर सफल पार्दै आउनुभएको सम्पूर्ण सहयोगी सदस्यहरू धन्यवाद दिँदै,आउने दिनमा पनि यस्तै एकताको साथ सहयोग यस क्लबले पाइरहनछ भने विश्वस्त रही क्लब का सचिव विनय कुशवाहाले अपेक्षाका साथ बताउनु भएको छ।