समाजमा बिधमान रहेको दलित माथिको विभेद अन्तय गर्न र दलित समुदायको समग्र बिकासको लागि योगदान गर्नका निम्ति बिरगंजमा नेपाल समता समाज पर्सा गठन भएको छ । रास्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालयमा विभिन्न क्षेत्रमा कार्यरत दलित अगुवाहरुको भेलाले उक्त समता समाज गठन गरेको हो । रास्ट्रिय दलित संघ पर्साको सल्लाहकार बृजलाल पासवानको अध्यक्षतामा आयोजित भेलाले चन्द्रकिशोर रामको संयोजकत्वमा नेपाल समाता समाज गठन गरेको छ । जसको सचिवमा बालकिशोर राम रहनु भएको छ भने सल्लाहकारमा रबि भुसन राम , बृजलाल पासवान , राजेश राम र ध्रुव राम रहनु भएको छ ।