वीरगंज,माघ १२
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर १ मा गर्दौलमा आज ज्येष्ठ नागरिक र अपागंता भएका व्यक्तिहरुलाई टर्स र छाता बितरण गरिएको छ । बजरंगबली कृषक समुहको आयोजना र वडा नम्बर १ को सहयोगमा १७० व्यक्तिलाई सो समाग्री बितरण गरिएको हो । वडा अध्यक्ष सागिर मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य, प्रहरी ,स्थानियहरुको सहभागिता रहेको थियो । यस अघि पनि वडा अध्यक्ष मियाँले वडाका अति बिपन्न गरिव ,दलित ,अपागं घरपरिवारका चार सयजनालाई कम्बल बितरण गरेका थिए ।