

पोखरा । हल्ट प्राइज पोखरा विश्व विद्यालयको सन् २०२२/०२३ का लागि आयोजक कमिटी गठन भएको छ।क्याम्पस डायरेक्टरको भुमिकामा रहेर सुरज राज केशरीले टिमको नेतृत्व गर्नेछन्। उनको साथमा डिप्यूटि क्याम्पस डायरेक्टरको रुपमा रिवाज भूर्तेल र म्यानेजरको रुपमा किशोर पनेरु रहका छन्।यसै गरी एडमिन सुपरभाइजर,आउटरिच सुपरभाइजर,कम्नुकेसन सुपरभाइजर, फाइनेन्स सुपरभाइजर, टेक्निकल सुपरभाइजर ,ग्राफिक्स सुपरभाइजर, कन्टेन्ट सुपरभाइजर र मिडिया मार्केटिङ्ग कोडिनेटरमा क्रमशः विपना मरासनी,ज्ञानेन्द्र त्रिपाठी,अभिष्का काफ्ले,अनुजा पौडेल,शास्वत कोइराला, सौगात आचार्य,उनिषा सापकोटा र विज्ञान कार्कीलाई जिम्मेवारी प्रदान गरिएको छ । थप कमिटिमा कलेज रिप्रिजेन्टेटिभ (शास),कलेज रिप्रिजेन्टेटिभ (एसओइ),कलेज रिप्रिजेन्टेटिभ (एसडीएसइ) टेक्निकल एसोसियट,एडमिन एसोसियट,कम्नुकेसन एसोसियट,फाइनेन्स एसोसियट,ग्राफिक्स एसोसियट,आउटरिच एसोसियट र कन्टेन्ट एसोसियटमा क्रमशस् उदय सिङ्ग,शङ्कर शाह,सन्देश भूर्तेल,सन्दिल कार्की,अशीम घिमिरे,विकास जङ्ग कुवँर,अविरल पौडेल,विशाल मेहता,ईशा मैनाली र सचिन घिमिरेले रहेका छन्।विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।२०२३ को हल्ट प्राइज च्यालेन्ज रिडिजाइनिङ्ग फेसनु रहेको छ।गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरिले नेतृत्व गर्दैछन् ।